मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमालेको आग्रह

मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमालेको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा योजनामन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ। 

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड' र ओली थिए। गौर नरसंहार दोहोर्‍याउने हिंसात्मक अभिव्यक्ति दिएकाले बर्खास्त गर्न अध्यक्ष ओलीले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले बताए। 'गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति मानवताविरुद्धको अपराध हो। त्यसैले मन्त्रीबाट बर्खास्त गर्नुस्' ओलीले भनेका थिए। 

माघ पहिलो साता रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी थिइन्।

Logo