पूर्वप्रधानमन्त्री भट्टराई काेराेना संक्रमणमुक्त

पूर्वप्रधानमन्त्री भट्टराई काेराेना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काेराेना भाइरस संक्रमणमुक्त भएका छन्।

पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। 

'१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,' उनले भनेका छन् ।

अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, 'देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नु हुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार।'

Logo