०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारकाे निर्णय

०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ। 

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। 

यस अघि निर्वाचन आयोगले आगामी ५ जेठमा ७५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नुपर्ने सरकारलाई सिफारिस गरेकाे थियाे।

तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको आइतबारको बैठकपछि आज स्थानीय तहको निर्वाचनको मिति सरकारले तोकेको हो।

अब ३० वैशाखमै एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएको छ। यसअघि २०७४ को स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो ।

Logo