नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरि भएका अनेकन बहस अब सकिएकाे बताएका छन्।
सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहकाे निर्वाचन घाेषणा गरेसँगै आशंकाहरु हटेकाे थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्।
'वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,' उनले लेखेका छन्।
'अनि निर्वाचन टार्ने गरि भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन,' थापाले भनेका छन्।































प्रतिक्रिया