व्यापारीले स्टल भाडा नतिरेपछि भृकुटीमण्डप पुगिन् मन्त्री रेग्मी

व्यापारीले स्टल भाडा नतिरेपछि भृकुटीमण्डप पुगिन् मन्त्री रेग्मी

केन्द्रबिन्दु
0
Shares

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन् ।

भुकटीमण्डपभित्र रहेका व्यापारीहरूले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरूको अनुगमन गरेकी हुन् । त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताए । मन्त्री रेग्मीले सञ्चारकर्मीहरुमाझ भृकुटीमण्डपभित्र भाँडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिइन् । अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको उनले स्पष्ट पारिन् । मन्त्री रेग्मीले भनिन्, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ । त्यस कारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जोजो बस्नु भएको छ । उहाँहरुले पनि सहयोग गर्नुपर्‍यो । र यसलाई म व्यवस्थित गर्न चाहन्छु । धेरैले भाडा नतिर्ने गरेको पाइयो । भाडा नतिर्नेलगायत जसले अनियमितता गरेको छ, उसलाई कारबाही हुन्छ नै । अनियमितता गरेर बसेका छन् भने कारबाहीको दायरामा आउनु पर्छ ।’

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम बिचौलियाहरूले गरिरहेको उल्लेख गर्दै अव सोझै समाज कल्याण परिषद्ले भाडा सम्झौता गर्ने व्यवस्था गर्न लागिएको बताइन् । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ ।

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरूलाई पनि सहयोग गर्न पटक पटक आग्रह समेत गरिन ।

Logo