६ दिन पर सर्‍याे प्रतिनिधि सभा बैठक

६ दिन पर सर्‍याे प्रतिनिधि सभा बैठक

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । 

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक स्थगित भएको हो । सरकारको आग्रहमा भोलिका लागि तय भएको बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ। फागुन २ गते दिउँसाे १ बजे बैठक बस्ने छ।

संसद् सचिवालयले भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो। भोलिका लागि सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता समावेश भएको थिएन । 

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् भने गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन । 

Logo