कमल थापापछि उद्वव पौडेलले पनि त्यागे राप्रपा, भन्छन्- ‘दु:खी र भावुक भएकाे छु’

कमल थापापछि उद्वव पौडेलले पनि त्यागे राप्रपा, भन्छन्- ‘दु:खी र भावुक भएकाे छु’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्वव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन्। पूर्वअध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको भोलिपल्ट पौडेलले पनि पार्टी छाडेका हुन् । 

उनले आफूले राप्रपालाई एकताबद्ध बनाउन प्रयास गरेको भए पनि सफल हुन नसकेकोमा दु:खी र भावुक भएको उल्लेख गरेका छन् । 

सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, 'राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ। असफल विद्यार्थीको रुपमा अत्यन्तै दुःखी र भावुक छु। राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजैदेखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु। सबैलाई शुभकामनासहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् !'

अध्यक्ष हुँदा थापाले पौडेललाई राप्रपाको कोषाध्यक्षमा नियुक्त गरेका थिए । तर महाधिवेशनमा जित हात पारेका राजेन्द्र लिङ्गदेनले चुनावी प्रतिस्पर्धा नगरेका पौडेललाई कार्यसमितिमा मनोनियत गरेका थिएनन्। 

Skip This
Skip This
Logo