राप्रपाको पदाधिकारी बैठक आज बस्दै

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बिहीबार बस्दैछ।

बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक डाकेकाे हो।

पार्टीभित्रकाे गुट-उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने उनले बताए। राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित २४ गरि ३१ पदाधिकारी छन् ।

Logo