कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलाे बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलाे बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलाे बैठक आज बिहीबार बस्दैछ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचनकाे घाेषणा गरेसँगै बुधबार कांग्रेस पदाधिकारी बैठक बसेकाे थियाे। 

स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्न आज कार्यसम्पादन समितिकाे बैठक डाकिएकाे हाे। यसबाहेक बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ।

कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहान्त्रीसहितका पदाधिकारी रहन्छन्। याे समितिमा ३७ सदस्य छन्।

Logo