कांग्रेस कार्यसम्पादन समिति बैठक : गठबन्धनको मतलव नगरी एमसीसी पास गर्ने लाइनमा

कांग्रेस कार्यसम्पादन समिति बैठक : गठबन्धनको मतलव नगरी एमसीसी पास गर्ने लाइनमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदद्वारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन्। 

यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढ्ने भएको छ। बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका डा. रामशरण महतले एमसीसी परियोजना बारे विस्तृतमा चर्चा गरेका थिए । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसी बारे लिखित सामग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले बताए । ‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नु भयो । उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ । त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने । 

बैठकमा डा. कोइरालाले गठबन्धनसहित कांग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन् । भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ।

फाइल फाेटाे 

Skip This
Skip This
Logo