कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केहिबेरअघि सुरु भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए । 

हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ  तथा शुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरूको अधिवेशनको सम्बन्धमा छलफल भइरहेको छ । 

पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ । 

पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा  बैठक आजै सकिने नत्र भोलिसम्म चल्ने उनले बताए । 

कांग्रेसले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल गरेको थियो ।

Logo