एमसीसीमा दलीय सहमति नभए संसदीय प्रक्रियामा जानुपर्छ: कांग्रेस नेता कोइराला

एमसीसीमा दलीय सहमति नभए संसदीय प्रक्रियामा जानुपर्छ: कांग्रेस नेता कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता शेखर कोइरालाले लिखित प्रस्ताव प्रस्तुत गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सकेसम्म दलीय सहमति नभए संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्ने मागसहितको लिखित प्रस्ताव प्रस्तुत गरेका हुन् । 

एमसीसीको विषय टुंगो लगाउन नसके सरकार, गठबन्धन र कांग्रेसमाथि प्रश्न उठ्ने उनले जनाए । 

सकेसम्म सहमति नभए संसदीय प्रक्रियाबाट अनुमोदन गर्नुपर्नेमा उनले जोड दिएको कोइरालाका स्वकीय सचिव  दिनेश थपलियाले जानकारी दिए । 

उनले न्युज कारखानासँग कुरा गर्दै भने, ‘नेता कोइरालाले बैठकमा लिखित प्रस्ताव मार्फत अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन पार्टीको विधानअनुसार फागुन १० गतेभित्र गर्न माग राख्नु भएको छ ।’ 

यस्तै म्याद समाप्त भएका भातृ संघ तथा शुभेच्छुक संस्थाको विधान अधिवेशन प्रक्रिया पनि सुरु गरिहाल्न नेतृत्वलाई सुझाव दिएका छन् । 

नेता कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेस कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्न पनि प्रस्ताव राखेका छन् । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि कोइराला समूहले बैठकमा प्रस्तुत गर्ने रणनीतिबारे छलफल गरेको थियो । 

Logo