नेपालसहित १४ सांसदविरुद्धकाे रिटमा आज सुनुवाइ हुँदै

नेपालसहित १४ सांसदविरुद्धकाे रिटमा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

आज माधव नेपालसहित १४ सांसदको कारबाही रिटमा सुनुवाइ हुने भएको छ । नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो । 

१४ जना सांसदलाई कारबाही र नेकपा समाजवादीको खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट भदौ १७ गते दायर रिट निवेदन लामो समयदेखि हेर्न नभ्याइने भन्दै सर्वोच्चले पन्छाउँदै आएको  रिट निवेदनको आज पेशी तोकिएको हो ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, माधवकुमार नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।
 

Skip This
Skip This
Logo