प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले चार न्यायाधीशका बारेमा आवेग र उत्तेजनामा निर्णय नगर्ने बताएका छन्।
सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशका बारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन्।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले सो बताएका हुन्।
बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीका बारेमा धारणा राखेका थिए। सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिएका छन्। सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरेका छन्।
एमाले संसदीय दलको बैठक सकिएको छ।





























प्रतिक्रिया