यस्तो थियो मन्त्री आले र युवाको फोन वार्ता

यस्तो थियो मन्त्री आले र युवाको फोन वार्ता

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई  उठाउने अपहरण गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ ।

सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो  । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्रराजिनामाको माग उठेको छ ।

एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा एस का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ।  

एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको  उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । यो संवाद एमाले कार्यकर्ता जगत ओलीको फेसबुकबाट सार्वजनिक गरिएको छ ।

यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दको प्रयोग भएकाले ती शव्द हटाइएको छ ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं’ ?
युवाः इन्डियातिर छु’ 
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?
युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ।
मन्त्रीः कस्तो आश ?
युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’।

मन्त्री आले आक्रोशित हुन सुरु गर्छन

मन्त्रीः भन नी तेरी मा..तलाईं मैले के गरेको थिएँ ? 
युवाः के गरेको छु ? 
मन्त्रीः तलाई मा.. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’?
युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा’…
युवाः आउन आउ आइजो न आइजो, त मुला बेसरम तस्कर 
मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?
युवाः तस्कर मुला बेसरम, लाज छैन, तस्कर मन्त्रीका लागि बेची खाने तस्कर’
मन्त्रीः जे पायो, त्यही लेख्छस मा कुकुर तलाईं मा कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।
युवाः मलाई  तँ के गर्छस् भन न ?
युवाः त मा… कहाँ छस भन त ?
मन्त्रीः तँ छोरा होस क्या, त चुतियाँ साले, मु ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?
मन्त्रीः त मा… ट्वालेट सफा गर्छस् का …छोरा, मलाई सिकाउँछस  
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ 
मन्त्रीः भन त तँ कहाँ छस तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर का… छोरी । 
युवाः बम्बई भन्या त पहिला तलाईंअधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ? 
मन्त्रीः तेरी मा …तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ । 

 

 

Logo