सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरेकाे छ। बैठक दिउँसाे १ बजे बस्दैछ।
संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश गरिएकाे छैन, सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।
कांग्रेसकाे मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसिसीलाई संसदमा टेबल गर्नुपर्ने निष्कर्ष निकालेकाे थियाे। प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसिसी राेक्न नमिल्ने बताइसकेका छन्। यद्यपि, मतदानमा एमालेकाे भूमिका के हुन्छ स्पष्ट छैन।
सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीकाे विराेध गरिरहे पनि दबाबमा छन्।
सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक बिहान साढे ११ बजे बस्दैछ।































प्रतिक्रिया