संसद् भवन प्रवेशमा उच्च कडाइ

संसद् भवन प्रवेशमा उच्च कडाइ

केन्द्रबिन्दु
0
Shares

एमसिसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दाेलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँबानेश्वरस्थित संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेकाे छ।

सत्तासिन दलका जनवर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई माेर्चा तथा अन्य समूहले संसद् भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद् भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएकाे हाे। उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिती रहेकाे छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएकाे बताए।  बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए। 

संसद् भवन क्षेत्रमा पनि सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिति छ। संसद् भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइ‍एकाे एक प्रहरी अधिकारीले बताए। संसद् भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ ।

सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसपछि दिउँसाे १ बजे संसद् बैठक बस्नेछ।

Logo