नेपाली कांग्रेसले बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल कांग्रेसले आफ्ना सांसदमा ह्वीप जारी गरेको हो।
‘आजको संसद बैठकमा उपस्थित हुन पार्टीले ह्वीप जारी गरेको छ,’ कांग्रेस सांसद देवी तिमल्सिनाले भने ।
कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्नुपर्ने र यसमा लागि सबै राजनीतिक दल सहभागी हुन पनि आग्रह गरेको थियो।





























प्रतिक्रिया