संसदमा एमसीसी पेस गरे माओवादी सरकारबाट बाहिरिने

संसदमा एमसीसी पेस गरे माओवादी सरकारबाट बाहिरिने

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । 

सरकारले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेपछि माओवादी केन्द्रको सो निर्णय आएको हो ।

 कांग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरेसँगै सरकारले बुधबार प्रतिनिधिसभा बैठकमा पेस गर्न लागेको हो ।

तर, माओवादी केन्द्रले भने दलहरूबीचको सहमतिमात्र सो प्रस्ताव पेस गर्नुपर्ने निर्णय गरेको गुरुङले बताए । उनका अनुसार सरकार आफ्नो ढंगले अघि बढ्न खोजे गठबन्धन तोडिनेछ । 

Skip This
Skip This
Logo