प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक फागुन ६ गते

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक फागुन ६ गते

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बुधवारको बैठक स्थगित भएको छ । यससँगै अर्को बैठक फागुन ६  शुक्रबार दिनको १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बुधवार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गरेका छन् । 

बैठकले पूर्व सांसदहरू नेपाली काँग्रेसका जगबहादुर ताजपुरिया, एकीकृत समाजवादीका लक्ष्मीदास मानन्धर र समाजवादीकै डा‍.दुमन सिंह थापाको निधनमा शोक प्रस्ताव पारित गरेकाे छ ।

आजको बैठक सुरु भए लगत्तै एमाले सांसदहरूले नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले 'आजको बैठक प्रारम्भ हुन्छ’ भने लगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि नाराबाजी गर्न पुगेका थिए । 

Skip This
Skip This
Logo