कांग्रेसको एकल निर्णयमा एमसीसी प्रस्ताव पेस हुँदैन : देव गुरुङ

कांग्रेसको एकल निर्णयमा एमसीसी प्रस्ताव पेस हुँदैन : देव गुरुङ

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले गठबन्धनभित्र छलफल नगरी कांग्रेसको एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस नहुने बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले संशोधन र परिमार्जनविना यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका हुन् । 

प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा विरोध गरिरहेका बेला सरकारले पेस गर्ने प्रस्तावसहितका विषयमा गठबन्धनभित्र छलफल गर्नुपर्ने उनको भनाइ छ ।  

कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन प्रस्ताव पेस गर्ने निर्णय गरेको भन्दै उनले तर, यसलाई रोकिएको बताए । 

Skip This
Skip This
Logo