संसदमा एमसीसी टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

संसदमा एमसीसी टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाकाे आजको बैठक सकिएकाे छ। अर्काे बैठक फागुन १२ गते बस्ने गरि आजको बैठक सकिएकाे हाे।

सरकारले एमसीसी सम्झौता संसदमा टेबल गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन्। 

एमसीसी टेबल भइरहँदा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले विरोधमा नाराबाजी गरेका थिए। 

नेकपा एमालेले भने विगतको मागलाई निरन्तरता दिँदै आइतबारको बैठक सुरु भएपछि नै नाराबाजी सुरु गरेको थियो।

Logo