बानेश्वरमा प्रदर्शनकारीद्वारा फेन्सी पसल तोडफोड, सञ्चालकहरू सामान्य घाइते

बानेश्वरमा प्रदर्शनकारीद्वारा फेन्सी पसल तोडफोड, सञ्चालकहरू सामान्य घाइते

केन्द्रबिन्दु
0
Shares

एमसीसीकोविरुद्धमा काठमाडाैंमा जारी रहेको आन्दोलनमा प्रदर्शनकारीहरुले एक फेन्सी पसल तोडफोड गरेका छन् ।

आन्दोलनकारीहरूले प्रहरी माथि ढुंगा प्रहार गर्ने क्रममा ३ जना प्रहरी सटर भित्र लुकेपछि आन्दोलनकारीले पसल नै तोडफोड गरेका हुन् ।

प्रहरीलाई जोगाउने क्रममा पसलका सञ्चालकहरू समेत सामान्य घाइते भएका छन् । प्रहरीहरूलाई भने कुनै क्षति नभएको बताइएको छ ।

आन्दोलनकारी र प्रहरीबीच भएको उक्त झडपमा बुद्ध नगर नजिकै रहेको फेन्सी पसलको सिसाका साथै केही  बिक्री योग्य सामाग्रीहरूमा समेत क्षति पुगेको छ । बानेश्वर चौकमा आन्दोलनको माहौल तातिँदै गएपछि प्रहरीहरू गल्ली गल्ली छिर्न थालेका हुन् । सोही क्रममा सानो संख्यामा आएका प्रहरीलाई आन्दोलनकारीले आक्रमण गरेका छन् ।

Skip This
Skip This
Logo