एमसीसीबारे पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन : केपी शर्मा ओली

एमसीसीबारे पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन : केपी शर्मा ओली

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् । 

सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा पार्टीका करिब ३ दर्जन सांसदहरुसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् । 

ढिला गरेका कारण अमेरिका र चीन बोल्नु पर्ने अवस्था बनेको उनको भनाइ थियो । छलफलमा सहभागी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीलाई उदृत गर्दै भने,  पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन ।

भट्टराईका अनुसार पछिल्लो परिस्थितबारे सांसदहरुले ओलीलाई जानकारी गराएका थिए । ओलीले संसद अवरोध निरन्तर रहने बताएका थिए । 

Logo