एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । 

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक सुरु भएको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन एमसीसी संसदमा टेबल भइसकेपछिको परिस्थितिबारे छलफल हुंदैछ । 

नेकपा एसभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे बिबाद चर्केको छ । अध्यक्ष माधव कुमार नेपाल एमसीसीको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनालले टेबल भएकोमा बिरोध जनाउँदै आएका छन् । अध्यक्ष नेपाल पक्षले एमसीसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग गरेको बताएको छ ।  

अव परिमार्जनको बिषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले बताइन् । आजको बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने नेकपा एसकी नेतृ पार्वती कुमारी विशुन्खेले जानकारी दिइन् ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले हिजोको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।

शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकाल्नुपरेको थियो । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन महासचिव डा बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेका थिए ।

 

Logo