एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक, विभागहरूलाई छिट्टै पूर्णता दिइने

एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक, विभागहरूलाई छिट्टै पूर्णता दिइने

केन्द्रबिन्दु
0
Shares

एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ। सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेको एमालेले जनाएको छ।

एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए।

बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ। 

विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मकरूपमा काम अघि बढाउने निर्णय भएको छ।

Logo