संसदमा सुरु भयो एमसीसीमाथिको छलफल, सांसदहरूलाई पाँच मिनेटको समय

संसदमा सुरु भयो एमसीसीमाथिको छलफल, सांसदहरूलाई पाँच मिनेटको समय

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ। 

प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो। 

सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन्। सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमाथि दलहरूबीच व्याख्यात्मक टिप्पणीसहितको घोषणा गर्ने सहमति भएको भन्ने सुनिएको र त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए। 

नेपालको अहितमा रहेका विषयलाई सच्याएमा एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन सक्ने बताए। 

उनीपछि एमाले सांसद भीम रावलले बोलेका छन्। उनले पनि एमसीसी सम्झौताका केही बुँदा राष्ट्रहित विपरित रहेको बताए। 

Logo