नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् ।
मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ ।
यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उनले बताए । ‘एमसीसी राष्ट्रघाती हो कि होइन भनि कुरा स्पष्ट गर्नुपर्छ, राष्ट्रघाती भन्दै बाटो भत्काउन लगाए, विपक्षी दलको गाडीमा ढुंगा हान्न लगाए । अहिले आएर राष्ट्रिय एकताको कुरा कहाँबाट आयो ? भन्ने प्रश्न गर्दै उनले सभामुखको पद जाने माधवकुमार नेपालको पद जाने डरले उनीहरुले बहाना बनाएर एमसीसी पास गराएको आरोप लगाए ।
‘हामी एमसीसीको बारेमा संसदमा बहस गर्न चाहन्थ्यौं तर हामीमाथि ज्यादती भयो,’ उनले भने । अपराधिक कृयाकलापमा लागेकालाई पार्टीबाट निष्काशन गर्दा पनि सूचना ननिकालेको आरोप लगाए ।





























प्रतिक्रिया