नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि कसैले औँला ठड्याएर समाप्त पार्ने आलीको सोच भएको अरोप लगाएका छन् । उनले ओलीमा देशभक्तिको भावना नरहेको बताए ।
ओलीले दक्षिणपन्थको बाटो अँगालेको बताउँदै उनले दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने बताए ।
नेपालले एमसीसीमाथि आशङ्का खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको भन्दै त्यसमा उनको क्याबिनेटका मन्त्रीहरूकोको पनि संलग्नता रहेको जिकिर गरे ।
ओलीमा व्यक्तिवाद र अधिनायकवादी चिन्तन रहेको बताउँदै नेपालले उनमा आफूमाथि कसैले औँला ठड्याए समाप्त पार्ने सोच रहेको आरोप लगाए ।





























प्रतिक्रिया