निर्वाचन आयोग आगामी वैशाख ३० गतेका लागि तय भएकाे स्थानीय तहकाे निर्वाचनमा हाेमिएकाे छ। जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विराेध सुरु भएकाे छ।
आयाेगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार फागुन २६ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ।
याे अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने उनले जनाए।
७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी-विरोधका लागि निवेदन दिन सकिने र साेही आधारमा आयाेगले छानबिन गरेर मतदाताकाे अन्तिम नामावली प्रकाशन गर्नेछ।





























प्रतिक्रिया