सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न आज मतदान हुँदै

सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न आज मतदान हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ। सहमतिमा शुक्रबार हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको हाे।

 जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन्। 

यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा धनश्याम साह र मनोज खड्काले उम्मेदवारी दिएका छन्। 

साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ। 

Logo