कांग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित

कांग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको छ। रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो।

सहजरूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो। मतपत्र च्यातेर दुवै पक्षबीच विवाद भएपछि साँझ ५ बजे  मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए।

नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो। चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको छ।

Skip This
Skip This
Logo