काठमाडौं सम्पर्क समन्वय समितिले गर्‍यो घाइते तथा बेपत्ता परिवारलाई सम्मान

काठमाडौं सम्पर्क समन्वय समितिले गर्‍यो घाइते तथा बेपत्ता परिवारलाई सम्मान

केन्द्रबिन्दु
0
Shares

नेकपा(माओवादी केन्द्र ) कालिकोट-सम्पर्क समन्वय समितिले सहिद सप्ताहको अवसरमा सहिद, बेपत्ता परिवार, घाइते तथा अपांग योद्धालाई सम्मान गरेको छ।  

शनिबार नेकपा ( माओवादी केन्द्र )को पार्टी कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहिद, बेपत्ता परिवार घाइते अपांग योद्धालाई सम्मान गरिएको हो। 

कार्यक्रममा कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कालिकोट जिल्ला प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, सत्य पहाडी, समन्वय विशेष समिति अध्यक्ष श्रीकृष्ण  अधिकारी, केन्द्रिय सदस्यहरु, प्रदेश सदस्यलगायत अथितिका रुपमा उपस्थित रहेको थिए। 

कार्यक्रममा बोल्दै समन्वय समितिका  अध्यक्ष  गोरक्षे महतारा "भौतिक" ले यी र यस्तै कार्यक्रमहरुले सहिद, बेपत्ता, घाइते तथा अपांगका सपनालाई साकार तुल्याउन मद्दत पुग्ने बताए।

Skip This
Skip This
Logo