प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चकाे अन्तरिम आदेश

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चकाे अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। बस्नेतलाई पदबाट हटाउन मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेपछि सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो । 

स्पष्टीकरणको विषयलाई लिएर बस्नेत सर्वोच्च पुगेका थिए । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रबार तत्कालका लागि बस्नेतलाई पदबाट नहटाउन आदेश दिएको हो । 

पत्रकार महासंघको सदस्यताको विषय बनाएर सरकारले बस्नेतसँग स्पष्टिकरण सोधेको थियो ।

बस्नेतका तर्फबाट सर्वोच्चमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, शेरबहादुर केसी, अधिवक्ताहरू टिकाराम भट्टराई, अनन्तराज लुइटेल, विकास भट्टराई, प्रतिभा उप्रेती, अमिता गौतम, चन्द्रकला रेग्मीसहितका कानुन व्यवसायीले बहस गरेका थिए ।

Logo