मधेश प्रदेशसँग पर्यटन विकासमा साझेदारी हुन्छ : मुख्यमन्त्री पाेखरेल

मधेश प्रदेशसँग पर्यटन विकासमा साझेदारी हुन्छ : मुख्यमन्त्री पाेखरेल

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेशकाे भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताएका छन्।

जनकपुर-पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए। 

मधेश प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेश भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताए।

मधेश प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुगेका थिए। उनी आज साेमबार पोखरा फर्कँदैछन्।

Skip This
Skip This
Logo