नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्। युनियनको आठौं राष्ट्रिय महाधिवेशनबाट पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। उनले अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र अधिकारीलाई ८७ मतले पराजित गरेका हुन्। अधिकारी यसअघि वरिष्ठ उपाध्यक्ष थिए।
कांग्रेसको शुभेच्छुक संस्था कर्मचारी युनियन अध्यक्षमा विजयी पोखरेल संस्थापन इतर समूहका हुन्। अधिकारी भने संस्थापन पक्षका हुन्। महाधिवेशनले २९ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ। महाधिवेशनमा जम्मा ६३३ जना प्रतिनिधि सहभागी थिए।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल र खुल्ला उपाध्यक्षमा यज्ञबहादुर ओली निर्वाचित गरेको छ। उपाध्यक्षहरूमा प्रदेश १ बाट मानबहादुर वन, मधेश प्रदेशबाट राजकिशोर राउत, बाग्मती प्रदेशबाट श्रीराम लम्साल, गण्डकी प्रदेशबाट दिपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का, सुदूरपश्चिम प्रदेशबाट धर्मबहादुर देउवा, संघीय उपाध्यक्ष तेजबहादुर केसी, महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाती उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रौनियार, पिछडिएको क्षेत्रबाट उपाध्यक्ष कृष्णबहादुर सेजुवाल र श्रेणीविहीन उपाध्यक्षमा सोमनाथ कोइराला निर्वाचित भएका छन्।
महासचिवमा जनकबहादुर रावल, उपमहासचिवमा इन्दु शर्मा, गणेश भण्डारी, खुल्ला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई र झविन्द्र पोखरेल, युवा सचिवमा भूपेन्द्र अधिकारी, जनजाति सचिवमा शान्तराज राई, मधेसी सचिवमा चिन्तन आचार्य र कोषाध्यक्षमा प्रयास घिमिरे निर्वाचित भएका छन् ।































प्रतिक्रिया