नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई अझै पनि आफू निकै शक्तिशाली छु भन्ने भ्रम रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले त्यो भ्रम निर्वाचनमा तोडिने दाबी गरे । उनले ओलीलाई संकेत गर्दै भने, ‘कुनै मान्छेहरूलाई अझै पनि शक्तिशाली हामी हौं भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ ।’
अध्यक्ष नेपालले ओलीले गठबन्धन बीचमा अविश्वास पैदा गर्ने र सत्ता गठबन्धनलाई तोड्ने षड्यन्त्र अझै पनि गरिरहेको आरोप लगाए ।





























प्रतिक्रिया