एमाले सचिवालय बैठक आज बस्दै, के छन् एजेण्डा ?

एमाले सचिवालय बैठक आज बस्दै, के छन् एजेण्डा ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो।

बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

दुबै बैठक स्थानीय तह निर्वाचन केन्द्रित विषयमा छलफल गर्न बोलाउन लागिएको उनले जानकारी दिए। स्थानीय निर्वाचन आउन मुश्किलले दुई महिना बाँकी छ।

निर्वाचन अभियान आक्रामक ढंगले  सञ्चालन गर्न दुबै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने उपाध्यक्ष ज्ञवालीले बताए।

फाइल फाेटाे

Skip This
Skip This
Logo