साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्। उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । 

‘सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासाेका विषयमा छलफल भयो,’ भेटपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

राष्ट्रपतिलाई भेटिसकेपछि उनले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए। प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ। 

नेपालको दुई दिने भ्रमणको सिलसिलामा साउदी विदेशमन्त्री साउद सोमबार काठमाडौं आइपुगेका थिए । उनी मंगलबार विहान नेपाल–साउदी उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका थिए । उनी मंगलबार साँझ स्वदेश फर्कने छन् । 

Skip This
Skip This
Logo