ओलीको निर्देशन: कांग्रेसलाई १३ सिटमा सिमित हुने गरी चुनावी अभियानमा लाग्नुहोस् (भिडियाे)

ओलीको निर्देशन: कांग्रेसलाई १३ सिटमा सिमित हुने गरी चुनावी अभियानमा लाग्नुहोस् (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले देशलाई बरबाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सिमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरूले काँग्रेसलाई भोट नहाल्ने दाबी गरेका छन् । काँग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले चेताई सकेको हुनाले युवाहरूले पनि ती पार्टीहरूलाई मत नदिने उनको तर्क थियो । अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाई दिएको र माधव नेपालहरू अबको निर्वाचन पछि समाप्त हुने बताए । उनले भने, ‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही । अहिले चौथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ । अरूको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछ । त्यस कारण म साथीहरूलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन । बुढो काँग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होइन ? काँग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस् तपाईँहरू । बुढाबुढी, ज्येष्ठ नागरिकहरूले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरूले काँग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरू काँग्रेस, माओवादीबाट चेतिसकेका छन् । उनीहरूले पनि काँग्रेसलाई भोट हाल्दैनन् ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बिचमा जान पनि पार्टीका नेता, कार्यकर्तालाई पटक पटक सचेत गराएका छन् । उनले सत्तारुढ दलहरूको निवहराम हुने गरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताए । सत्तारुढ गठबन्धन केही नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरूलाई भोक हराम, निवहराम बनाउनुपर्ने बताए । अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मठबाट हराउने उनले दोहो¥याए । अध्यक्ष ओलीले भने,  ‘अब हामीले निर्वाचनको प्रतीक्षा गर्नु छ । र, निर्वाचनमा विजय हासिल गर्नु छ । हामीले यस निर्वाचनबाट पछिल्लो प्रादेशिक र संसदीय निर्वाचनहरूको झलक दिनु छ, ताकि यिनीहरूको मनमा अहिल्यैदेखि ढ्याङ्ग्रो ठोकियोस् । अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस् । यिनलाई अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस् । यो गर्ने भनेको स्थानीय तह निर्वाचनमा हो । म यहीँ उत्साह बोकेर जान आग्रह गर्दछु । यो गठबन्धन केही पनि होइन । अदालतले बनाइ दिएको हो । अदालतले बनाएका काँचो सिसाको गठबन्धन, अदालतले बनाई दिएको सरकार, मुद्दा जितेर आएको सरकार, मुद्दा लड्न जा भन्ने, जनताको बिचमा हामी जाने । जनताको मत हामीले लिने, उनीहरूलाई हराउने । हामी जनताको मत लिएर सरकारमा जान्छौँ । काँग्रेसले अघिल्लो सरकारको भण्डाफोर गरेर निर्वाचनमा जान्छ रे । उसले जे पायो त्यही बोल्छ ।’

अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब फेरी हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताएका छन्  ।  

 

Skip This
Skip This
Logo