संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्छ : प्रचण्ड

संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्छ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरि चुनावको तयारीमा लागेको बताएका छन्।

पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ। हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो। आफ्नै संगठनलाई बलियो पार्ने हो।’

जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए।

चुनावी तालमेलबारे प्रचण्डले सबैखाले सम्भावना खुला राख्ने बताए। ‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो। त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ,’ उनले भने, ‘तर अहिले एमालेसँग गठबन्धन गर्ने कुरा छैन। यही गठबन्धन कायम रहन्छ।’

उनले निर्वाचन तोकिएकै मितिमा हुने दावी गरे। ‘हुन त नेपालमा चुनावको बिहान पनि हुन्छ कि हुँदैन भनेर शंका गर्छन् । म भन्छु स्थानीय निर्वाचन बैशाख ३० गते नै हुन्छ,’ उनले भने, ‘यसमा द्विविधा पाल्नुपर्ने कुनै कारण छैन । चुनावको तयारीमा लाग्न म आग्रह गर्छु।’ संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्ने बताए।

Logo