मुगुमा निर्वाचनका लागि १५ दल दर्ता

मुगुमा निर्वाचनका लागि १५ दल दर्ता

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनमा सहभागी हुन मुगुमा १५ वटा दल दर्ता भएका छन् । यसमध्ये राष्ट्रिय मान्यता प्राप्त नगरेका नौ दल छन् भने बाँकी ६ दल राष्ट्रिय मान्यताप्राप्त छन् ।   

निर्वाचन आयोगले तोकेको  समयसीमाभित्र १५  दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।  जिल्ला निर्वाचन कार्यालय मुगुका नायव सुब्बा रत्नबहादुर रावलका अनुसार राप्रपा, नेकपा माले, जनजागरण पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल परिवार दल, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल र सामाजिक एकता पार्टी दर्ता भएका छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी र लोसपासहित ६ राष्ट्रिय मान्यता प्राप्त दल दर्ता भएका छन् ।
 

Logo