एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि आज छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि आज छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको बुधबारको बैठककाे पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। बुधवार प्रस्तुत भएका प्रतिवेदनमाथि अब बिहीवार छलफल हुने भएको छ ।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

'आजको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरुमा लिखित सुझाव र राय प्रस्तुत गर्नुहुन्छ। त्यसमा लामो छलफल गर्दैनौं। बाँकी ९ वटा एजेन्डामा छलफल गर्दै निष्कर्षमा पुग्छौं', प्रचार विभाग प्रमुख  गुरुङले भने । 

Skip This
Skip This
Logo