नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन नलादिने बताएका छन् ।
शुक्रबार सुरु कांग्रेसको बैठकपछि प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेकाे भन्दै चर्चा गरिएको र उक्त कुरा झुटो भएको बताएका हुन् ।
उनले बैठकमा प्रदेशहरुबाट फरक फरक ठाउँहरुबाट विभिन्न फरक फरक सुझावहरु आएको र छलफलपछि टुंगोमा पुग्ने बताए ।
आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने र कतै गठबन्धन नगरे पनि हुने भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएको उनले बताए ।
'आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएका छन् । आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ । सभापति शेरबहादुर देउवाले गठबन्धन लाद्न खोजेको भन्ने झुटो कुरा हो' उनले भने ।































प्रतिक्रिया