कांग्रेस बैठक : सात मध्ये पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा

कांग्रेस बैठक : सात मध्ये पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा

केन्द्रबिन्दु
0
Shares

शुक्रबार सुरु सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये पाँच प्रदेशका सभापतिहरुले चुनावी गठबन्धनको विपक्षमा धारणा राखेका छन्। 

पार्टी कार्यालय सानेपामा शुक्रबार अपराह्न सुरु बैठकमा धारणा राख्दै कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका हुन् । 

बैठकमा धारणा राख्ने क्रममा मधेश प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन्। सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा उपस्थित छैनन्। तर, उनी गठबन्धनका पक्षमा छैनन्। लुम्बिनी र गण्डकीका प्रदेश सभापतिले गठबन्धन गर्न नहुने धारणा राखेका थिए । 

प्रदेश १ का उद्वव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन्।

Logo