ओली र प्रचण्डले पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री

ओली र प्रचण्डले पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन्। ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन्। ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने भएका छन् । 

यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री  यीसँग भेटवार्ता गर्ने भएका छन्। भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ। उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन्। 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदेशमन्त्री यीकाे भेट भइसकेको छ। 

Skip This
Skip This
Logo