निर्वाचन आयोगमा तेस्रो लिङ्गी मतदाताको रुपमा १७२ जनाले नाम दर्ता गराईसकेको भए पनि आज सार्वजनिक गर्ने मतदाता नामावलीमा थप बढने संकेत देखिएको छ।
तेस्रो लिङ्गीको हकहितका लागि काम गरिरहेका संस्थाहरुले मतदाता परिचय पत्रमा तेस्रो लिङ्गी लेख्न अभियान र जागरुकता बढाएका कारण बढ्न सक्ने अनुमान निर्वाचन आयोगले गरेको छ।
गत पुस ५ सम्म निर्वाचन आयोगमा १७२ जनाले आफूलाई तेस्रो लिङ्गीको पहिचान खुलाएर नाम दर्ता गराएको रेकर्ड कायम छ। ५ पुससम्म १ करोड ६२ लाख ४३ हजार ११० जनाको मतदाता नामावलीमा रेकर्ड रहेको थियो। जसमध्ये ८२ लाख ११ हजार ९५४ जना पुरुष छन् भने ८० लाख ३० हजार ९८४ जना महिला छन्।
आयोगले फागुन अन्तिमसम्मको म्याद राखेर पुनः नामावली उल्लेख गर्न आह्वान गरेअनुसार आज सार्वजनिक हुने मतदाता नामावलीको संख्या झन्डै २ लाख बढने प्रक्षेपण गरेको छ।





























प्रतिक्रिया