राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् ।
९४ प्रतिशतभन्दा बढि नागरिकहरु हिन्दु राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थापित हुने उनको तर्क छ । स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अब एउटा बलियो शक्ति बनेर उदाउने बताए ।
सोमबार वीरगंजका स्थानीय सञ्चारकर्मीहरुमाझ उनले जनताले मन नपराएको राजसंस्थाको एजेण्डालाई आफ्नो पार्टीले छोडेको पनि स्पष्ट पारे । राजसंस्थाको एजेण्डालाई छाडेपछि आफ्नो पार्टीलाई नागरिक समाज, बुद्धिजीवि र आमसञ्चार माध्यामहरुले पनि सकारात्मक रुपमा लिने उनको विश्वास थियो। अध्यक्ष थापाले आफू लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा लिएर जनतामा जाने पनि दोहोर्याए।
अध्यक्ष थापाले पश्चिमा मुलुकहरुको दवावका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको दावीसमेत गरे।































प्रतिक्रिया