स्थानीय तहको चुनावमा कांग्रेस एक्लै लड्नु पर्छ : शशांक कोइराला

स्थानीय तहको चुनावमा कांग्रेस एक्लै लड्नु पर्छ : शशांक कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गर्न नहुने बताएका छन् । सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले चुनावी गठबन्धन आवश्यक नभएको बताएका हुन् । 

कोइरालाले स्थानीय तहको चुनावमा एक्लै लड्न पर्ने उल्लेख गर्दै संसदीय चुनावमा भने गठबन्धनबारे छलफल गर्न सकिने बताए। 

कांग्रेस बैठकमा स्थानीय तह चुनावमा गठबन्धन गर्न हुने  नहुने र पक्षमा कांग्रेस नेता विभाजित भएका छन् । बैठक भोलि पनि बस्ने र उक्त बैठकबाट गठबन्धनबारे निर्णय हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

Logo