बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का श्रीलंका पुगेका छन्।
औपचारिकरुपमा बुधबारबाट सुरु हुने बिमेस्टेक सम्मेलन उद्घाटनअघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खड्का कोलोम्बो पुगेका हुन्।
बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलरुपमा सम्बाेधन गर्ने उक्त सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ। बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो।





























प्रतिक्रिया